गोर्खा सैनिक परिवारको त्यागमा केन्द्रित ‘गोर्खा वारियरको’ दोश्रो ट्रेलर

काठमाडौं। निर्देशक मिलन चाम्स निर्देशित ऐतिहाँसिक अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ यही ११ फागुनबाट नेपालमा रिलिज हुँदैछ । रिलिजको मिति नजिकिँदै गर्दा चलचित्र गोर्खा वारियरको दोस्रो ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । यो ट्रेलरलाई पनि ओएसआर डिजिटलबाटै रिलिज गरिएको हो ।
चलचित्रको यो दोस्रो ट्रेलर त्यतिबेलाको समाज, बेलायती गोर्खा सेनामा भर्ना हुँदाको उत्साह र त्यसपछिको सँघर्षमा केन्द्रित छ । यो चलचित्रको पहिलो ट्रेलर बेलायती गोर्खा सैनिकले सन १९४९ मा मलायको इमरजेन्सी जँगल युद्धमा गरेको लडाईको सेरोफिेरोमा थियो । यो दोश्रो ट्रेलरमा मलायको युद्धसँगै ती सैनिकहरुको जीवनशैली, उनीहरुको परिवारसँग सम्बन्ध र परिवारको त्यागको कथालाई पनि प्रस्तुत गरिएको छ ।
आफ्नो छोरा तथा श्रीमानलाई सैनिक बनाउन र युद्धमा पठाउनको परिवारले गर्नु परेका सम्झौतालाई ट्रेलरमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । परिवारसँगैको बिछोड त्यतिबेला बिदेशमा रहेका सैनिकको खबर पाउँन उसका परिवारले एउटा चिठ्ठीको लागि महिनौ कुर्नु पर्ने बाध्यातालाई पनि ट्रेलरमा मर्मस्पर्शी रुपमा समेटिएको छ । यसपटक ट्रेलरमा बेलायती गोर्खा सैनिकको साहसिक युद्धसँगै उनीहरुका परिवारको त्याग समर्पण र विछोडको पीडालाई पनि ससक्त रुपमा उतारिएको छ ।
यो चलचित्रको ५ फागुन शनिबार धरानमा सम्पन्न ऐतिहाँसिक रेड कार्पेट प्रिमियरमा अतिथि तथा दर्शकबाट पाएको सकरात्मक प्रतिक्रियाबाट आफु निकै उत्साहित भएको निर्देशक मिलन चाम्सको कथन छ । यस्तै बेलायतको लण्डनस्थित सिनेवल्र्डमा गरिएको पहिलो ऐतिहाँसिक अन्तराष्ट्रिय रेडकार्पेट प्रिमियर र बेलायतका प्रधानमन्त्री ऋषी सुनाकले लेख्नु भएको शुभकामना संदेशले आफूलाई थप उत्साहित बनाएको पनि निर्देशक चाम्सले बताएका छन् । सिनेमाका पात्रहरुको बलिदान, सहनसिलता तथा त्यागलाई समेटेर यो दोश्रो ट्रेलर सार्वजनिक गरिएको पनि निर्देशक चाम्सले जनाएका छन् ।
नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा निर्माण गरिएको यो चलचित्रको प्रजातन्त्र दिवसको अबसरमा आज ७ फागुन साँझ पोखरामा प्रिमियर हुँदैछ । यस्तै ९ फागुनमा काठमाडौँमा रेड कार्पेट प्रिमिय हुँदैछ । गोर्खा वारियरमा नव अभिनेता रितेश चाम्ससँगै विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय रहेको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ५, बिहीबार १९:३६लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०९पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेन्स्की
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ५, बिहीबार १७:२९‘चिठ्ठी’ निर्देशक भन्छन् अनेक फण्डाबाजी गर्न हामीसँग पर्याप्त विषय छन् तर त्यो सस्तो शैली हाम्रो रोजाइमा छैन
स्वास्थ्य/जानकारी टिप्स२०८२ भाद्र ५, बिहीबार १३:१४बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै « रिपोर्टर्स नेपाल