बसिर र सन्दीपको शानदार प्रदर्शनमा क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित,सिरिज १-१ को बराबरीमा

काठमाडौं, ८ फागुन । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ विरुद्ध नेपाल ए ले २ विकेटको रोमाञ्चक जित निकालेको छ ।
क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ४९।१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपाल ए का लागि बसिर अहमद र कप्तान सन्दीप जोराले अर्धशतक प्रहार गरे । ७४ बलको सामना गरेका जोराले ७ चौका र १ छक्काहिर्काउँदै ६६ रनको पाली खेले ।
नेपालले दुई विकेट तेस्रो ओभरमै १३ रनमा गुमाएको थियो । तर त्यसपछि अर्जुन कुमालसँग मिलेर जोराको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहोरर्याएका थिए । तेस्रो विकेटका लागि जोरा र कुमालबीच १०४ रनको शतकीय साझेदारी बनेको थियो ।
कुमाल ६४ बलमा ३ चौकाको मद्दतमा ४० रनमा आउट भए । त्यस्तै अर्धशतक हिर्काएका बसिरले ७० बलमा ४ चौका र १ छक्कासहित ५२ रनमा नटआउट रहे । रासिद खानले ४७ रन जोडेको खेलमा किरण ठगुन्नाले १३, र शेर मल्लले ७ रन जोडे । रिजन ढकाल १ रनमा नटआउट रहँदा साहब आलम, र मयन यादव शून्य रनमा आउट भएका थिए । विवेक यादव १ रनमै आउट हुँदा नेपाल संकटमा परेको थियो । तर, बसिरले धैर्यतापूर्वक ब्याटिङ गर्दा टिमको जित सुनिश्चित भएको थियो ।
बलिङतर्फ निखिल दत्त, शाहिद अहमदजाई र अमर खालिदले समान २ विकेट लिए ।
तीन खेलको सिरिज १-१ को बराबरीमा । नेपाल पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो । तेस्रो खेल बिहीबार हुनेछ । यसअघि नेपालले क्यानडासँगको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १२, मंगलवार ०७:१८उदाउँदो सूर्यलाई अर्घ्य दिइयो
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक ११, सोमबार २१:२०‘परान’ फिल्म मेरा लागि एकदमै विशेष छ: अभिनेत्री पुजा चन्द
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक ११, सोमबार २१:११परिवर्तनको संदेश बोकेको फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक
समाचार२०८२ कार्तिक ११, सोमबार १९:४१अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो







