शतकीय साझेदारी गरेर आउट भए अर्जुन र सन्दीप, नेपाल ‘ए’ को चौथो विकेट गुम्यो

काठमाडौं, ८ फागुन । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा ११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले लगातार तेस्रो र चौथो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको हो । भने लगत्तै सन्दीप जोरा पनि आउट भएका छन् । कुमाललाई खेलको २४।५ ओभरमा निखिल दत्तले आउट गरे । उनी ४० रनमा आउट भएका हुन् ।
अर्जुन आउट भएलगत्तै २ बलपछि सन्दीप पनि आउट भएका छन् । साद विन जफरको बलमा सन्दीप ६६ रन जोडेर आउट भएका हुन् । १३–२ को अवस्थामा पुगेको नेपाललाई उनले कप्तान सन्दीप जोरासँग १०४ रनको शतकीय साझेदारी गरेका थिए ।
नेपालले दुई विकेट तेस्रो ओभरमै १३ रनमा गुमाएको थियो । तर त्यसपछि अर्जुन कुमाल र सन्दीप जोराको उत्कृष्ट साझेदारीमा नेपाल खेलमा फर्किएको हो ।
यसअघि आइतवार भएको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि बिहीवार हुनेछ । यसअघि नेपालले क्यानडासँगको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो ।
आज नेपाल ‘ए’ को टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन् । विनोद बिरामी परेका कारण मैदानमा आएका छैनन् । उनले स्थानमा सन्दीप जोराले कप्तानी सम्हालिरहेका छन् ।
नेपालको प्लेइङ-११ अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, रिजन ढकाल
बेन्च- सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया, प्रतिश जिसी
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








