Home कला, विचार/मनोरञ्जन पैसाको वरपर घुमेको ‘महाजात्रा’ टिजर सार्वजनिक, जात्रा र ‘जात्रै जात्रा’को क्षणलाई सम्झाउने...

पैसाको वरपर घुमेको ‘महाजात्रा’ टिजर सार्वजनिक, जात्रा र ‘जात्रै जात्रा’को क्षणलाई सम्झाउने प्रयास

1
0

काठमाडौं। चलचित्र ‘महाजात्रा’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक १ मिनेट १० सेकेण्ड लामो टिजर पैसाको वरिपरि घुमेको छ । चलचित्रको सार्वजनिक टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

सार्वजनिक टिजरले जात्रा र ‘जात्रै जात्रा’को क्षणलाई सम्झाउने प्रयास गर्दै दर्शकलाई तेस्रो श्रृंखलाको कथावस्तुबारे अवगत गराउँछ । अभिनेता राजाराम पौडेलको पात्रले एक गाडी पैसा लुकाउन र त्यसबापत तीन मुख्य पात्रलाई ३०-३० लाख रुपैयाँ दिने वचन दिन्छन् । उनको आग्रह अनुसार नै पैसा लुकाउँदा उत्पन्न परिस्थितिसँग गर्ने संघर्ष टिजरमा देख्न सकिन्छ ।

चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको अभिनय छ ।

चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । निर्देशक भट्टराईले यो सिक्वलको कथा यसअघिका सिक्वलकै थिममा रहेको बताए ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको चलचित्रको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन तथा आशिष अविरलको संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेको छ। चलचित्र चैत्र ९ गते बाट सार्वजनिक प्रदर्शनमा आउनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous article१३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो चलचित्र पत्रकारहरुको राष्ट्रिय भेला
Next articleआँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here