वीरगन्जमा लगाइएको कर्फ्यु आज तेस्रो दिनपनि जारी

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले तीन दिनदेखि वीरगन्जमा जारी कर्फ्युलाई आज विहान ४ घण्टाका लागि स्थगित गरेको छ । स्थानिय प्रशासनले सोमबार साँझा ५ बजेदेखि वीरगन्जमा लगाएको कर्फ्युलाई विहान ६ बजेदेखि १० बजेसम्मका लागि स्थगित गरेको हो ।
सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तुको खरिद विक्रीका लागि कर्फ्युलाई चार घण्टा स्थगित गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लमसालले जानकारी दिनुभयो ।
उहाँले ११ बजे पछि पूर्व निर्धारित क्षेत्रहरुमा लाग्दै आएको कर्फ्यु अर्को आदेश नभएसम्मका लागि यथावत राख्ने निर्णय गरिएको बताउनुभयो ।
रौतहटको विषयलाई लिएर सोमबार वीरगन्जमा भएको विरोध जुलुशपछि ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि शान्ति सुरक्षालाई कायम राख्न प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो ।
नगरको सुरक्षा व्यवस्थालाई कायम राख्न स्थानिय प्रशासनले वीरगन्जको चोक-चोकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र







