पाठेघरसम्बन्धी शिविरबाट सिञ्जाका दुई सय बढी लाभान्वित

जुम्ला, १० फागुन । जुम्लाको सिञ्जा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा पालिकाको नराकोट स्वास्थ्य चौकीमा बुधबार सञ्चालन भएको पाठेघर तथा क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण शिविरबाट दुई सय ५० जनाले स्वास्थ्य जाँच गरेका छन् ।
यहाँका महिलाको स्वास्थ्य तथा पाठेघर जाँचसम्बन्धी स्वास्थ्य शिविर पालिकाले स्वास्थ्य चौकीमै सञ्चालन गरेको हो । शिविरमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । सिञ्जाका स्थानीयबासीलाई गुणस्तरीयता स्वास्थ्य सेवा दिनका लागि विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य शिविर गाउँ केन्द्रित गरिने उनले बताए ।
स्वास्थ्य शिविरमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्नेलगायतको समस्या भेटिएको छ । कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलामा प्रजनन स्वास्थ्यप्रति चेतनाको कमीका कारण पाठेघरमा सङ्क्रमण भएर क्यान्सर हुने जोखिम हुने गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले बताए ।
स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर जाँच गरिएका एक सय ४६ जना महिलामा पाँचजनाको पाठेघरमा ‘रिङ’राखिएको छ । तीनजनालाई सर्जरी गर्नुपर्ने देखिएको छ । स्वास्थ्य परीक्षणबाट पाँचजनालाई क्यान्सर भएको शङ्का गरिएको छ । तीनजनामा क्यान्सर सङ्क्रमणको लक्षण देखिएको प्रमुख रोकायाले जानकारी दिए । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ३०, सोमबार २०:३४पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ
समाचार२०८२ भाद्र ३०, सोमबार २०:२७‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
समाचार२०८२ भाद्र ३०, सोमबार १८:१६ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ३०, सोमबार १३:३९हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’को प्रदर्शन निरन्तर