टीयूपछि मूलपानीमा पनि चलेन नेपालको ब्याट, क्यानडा-११ ले पायो १८२ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा नेपाल ए ले क्यानडाको राष्ट्रिय टिमलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको नेपाल ए ४७ ओभरमा १८१ रनमा अलआउट भयो ।
नेपालका लागि आशुतोस घिरैयाले २८, अर्जुन कुमालले २७, बसिर अहमदले २५, सन्दीप जोराले २४, तथा सुजन थपलियाले २०, प्रतिश जीसी र रासिद खानले समान १९ रन जोडे ।
बलिङतर्फ क्यानडा ११ का डिलोन हेलिगर, हर्श थाकर र निकोलस कार्तिनले समान २ विकेट लिए ।
मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गर्ने भएका हुन् ।
पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।
नेपालले टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् ।
खेलको प्रत्यक्ष प्रसारण क्यानको जिल्लारप्रदेश फेसबुक पेजबाट गरिएको छ ।
नेपालको प्लेइङ ११ ः अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी
बेन्च ः रिजन ढकाल, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, विनोद भण्डारी
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित








