चौधौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सुर्खेतलाई

कर्णाली, १० फागुन । कर्णाली प्रदेशस्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा सुर्खेत जिल्लाले ४५ स्वर्णसहित उपाधि हात पारेको हो ।
छ खेल समावेश गरिएको उक्त प्रतियोगितामा ४५ स्वर्ण, १४ रजत र सात कास्य पदक जितेर सुर्खेत प्रथम भएको हो र छात्रतर्फ २० स्वर्ण पाँच रजत, चार कास्य जितेका सुर्खेतले छात्रातर्फ २५ स्वर्ण नौ रजत र तीन कास्य पदक हात पार्न सफल भयो ।
त्यसैगरी, रुकुमपश्चिमले जम्मा पाँच स्वर्ण १३ रजत र १७ कास्य पदक जितेर द्वितीय भयो भने सल्यानले पाँच स्वर्ण, १२ रजत÷ १८ कास्यसहित तृतीय भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का प्रशिक्षण विभाग प्रमुख प्रदीप राईले जानकारी दिए ।
रनिङ शिल्ड कार्यक्रमको समापन कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले कर्णाली राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन खेलाडीको ठूलो भूमिका रहेको बताए । विजेता खेलाडीलाई बधाई ज्ञापन गर्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित रनिङ शिल्ड प्रतियोगिताले पूर्वतयारीका लागि बल मिल्ने जनाए ।
उनले भने, “खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार निरन्तर लागिपरेको छ । खेलाडीको प्रोत्साहनका लागि खेलको समयमा प्रतिखेलाडी प्रतिदिन दुई हजार भत्ताको व्यवस्था गरिएको छ । यसमा खेलाडीहरुलाई अनुशासित भएर खेल्न र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गएकाले सो प्रतियोगितामा उपाधि चुम्ने गरी पूवतयारीमा जुट्न आग्रह गर्दछु ।”
कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले विजयी खेलाडीहरुलाई बधाई तथा थप प्रगतिको शुभकामना दिँदै केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई मेहनतका साथ आफ्नो तयारीमा जुट्न निर्देशन दिए ।
“पछिल्लो समयमा खेल क्षेत्रमा कर्णालीले अपेक्षित सफलता पाएको छ,” सचिव सञ्ज्यालले भने, “अबको एक दशकमा कर्णालीका खेलाडीहरुले राष्ट्रियस्तरमा आफ्नो वर्चस्व कायम राख्नेमा म पूर्णरुपले विश्वस्त छु ।” रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









