क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ को लगातार गुम्यो २ विकेट

काठमाडौं । नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा ब्याटिङ गरिरहेको नेपाल ए लाई लगातार २ झड्का लागेको छ ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर आशुतोष घिरैयालाई गुमाएको हो । २८ रन जोडेका उनी १३।५ ओभरमा साद विन जफरको बलमा आउट भएका हुन् । भने आशुतोष् पछि मैदान आएका शेर मल्ल शून्य रनमै आउट भएका छ्न ।
ताजा अवस्थामका नेपाल ए ले १४ ओभरमा २ विकेट गुमाएर ५५ रन जोडेको छ । नेपालको क्रिजमा अहिले ओपनर अर्जुन कुमाल २० रन जोडेर खेलिरहेका छन् ।
मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गर्ने भएका हुन् ।
पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।
नेपालले टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् ।
नेपालको प्लेइङ-११; अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी
बेन्च – रिजन ढकाल, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, विनोद भण्डारी
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार ०८:५६सरकारले स्वास्थ्य बिमाको भुक्तानी नदिँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा
समाचार२०८२ माघ १९, आईतवार ०७:१३आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
समाचार२०८२ माघ १९, आईतवार ०७:०८घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै








