इनिङ्स सम्हालिरहेका भुर्तेल ६६ रनमा आउट, नेपाललाई सातौँ धक्का

काठमाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध ओपनर कुशल भूर्तेल पनि आउट भएका छन् ।
ओपनर कुशल भुर्तेल ६६ रन बनाएको अवस्थामा आउट भएका छन्। अन्य सबै ब्यारट फ्लप सावित भएको अवस्थामा कुशलले नेपालको स्कोर १०० रनमाथि लगेका थिए।
उनी भान डेर मेर्वेको बलमा क्याच आउट हुन पुगेका हुन्। नेदरल्याण्ड्सविरुद्ध कुशलले ९३ बलमा ८ चौका सहयोगमा ६६ रन बनाए। उनी ३७ ओभरको तेस्रो बलमा आउट हुन पुगे। यो सँगै नेपाल संकटपूर्ण अवस्थामा पुगेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको घरेलु टोलीले ३७ ओभरको खेल जारी रहँदा ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएर खेलिरहेको छ।
आरिफ शेख ६ र गुलशन झा शून्य रनमा नटआउट छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न








