‘अगत्स्य’ मधेसको कथा नभई समग्र देशको कथा हो : निर्देशक चौधरी

काठमाडौं । फागुन १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य च्याप्टर १’ का कलाकार र निर्देशक चलचित्रको प्रदर्शन नजिकिएसँगै प्रचारप्रसारमा कम्मर कसेर लागेका छन् । चलचित्र युनिटले बिहीबार काठमाडौं सीमित पत्रकारमाझ चलचित्रबारे आफ्ना धारणा राखे । चलचित्रका निर्देशक सौरभ चौधरीले आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताए । ती घटना लकडाउन अघिको र लकडाउनको समयमा देखिएको उनको भनाई थियो । ‘ती दुई घटनालाई मर्ज गरेर स्क्रिप्टको कन्सेप्ट आएको थियो । यो फिल्म दर्शकका लागि सिनेमाटिक छ, उहाँहरुले अहिलेसम्म समाजमा नभनिएका कथा हाम्रो फिल्ममा पाउनुहुनेछ’, सौरभले भने, ‘यो फिल्म हेरिसकेपछि जोकोहीले पनि आफ्नो जीवनसँग जोड्न सक्छन् ।’
सौरभले आफूले अलिक फरक किसिमको कथामा काम गर्न चाहेको बताउँदै त्यो चाहना ‘अगस्त्य च्याप्टर १’ले पुरा गरेको दाबी गरे । ‘आजको दिनसम्म नेपाली दर्शकले राम्रो फिल्म हेरिदिनुभएको छ । उहाँहरुले हाम्रो फिल्मलाई पनि न्याय दिनुहुनेछ भन्नेमा म ढुक्क छु । अर्को कुरा हामीले स्क्रिप्टको माग अनुसार नै यसको दोस्रो भाग निर्माणको तयारी गरिरहेका छौं’, उनले भने । उनले फिल्मको ट्रेलर र टिजर हेर्दा मधेसको कथा जस्तो देखिए पनि त्यो मधेसको कथा नभई समग्र देशको कथा रहेको बताए ।
अभिनेता सौगात मल्लले फिल्ममा मानसिक रूपमा आफू तनावमा रहेको समयलाई अनुभूत गरेर क्यारेक्टर निर्माण र अभिनय गरेको बताए । ‘म आफैँ पनि झण्डै–झण्डै त्यस्तै अवस्थाको नजिक पुगेर फर्किएको धेरैलाई थाहै छ । त्यसलाई पनि मैले फिल गरेको थिएँ,’ उनले भने, ‘त्यस्तो चरित्र निर्वाह गर्न शारीरिकभन्दा पनि मानसिक रूपमा गरिने काम अफ्ठ्यारो हुन्छ ।’ चलचित्रमा दुई भिन्न चरित्रमा देखिएका सौगातले २५–२६ दिन मानसिक रूपमा समस्यामा रहेको एउटै क्यारेक्टरमा बस्दा भने आफूलाई असहज भएको बताए ।
अधिकांश फिल्ममा रोम–कमको भूमिकामा देखिएका अभिनेता नाजिर हुसेनले लामो समयपछि आफूले फरक र राम्रो चरित्रमा काम गर्न पाएको बताए । उनले आफूले फिल्ममा फरक–फरक इमोसनमा काम गरेकाले हरेक कलाकारको एउटा रहरलाई ‘अगस्त्यः च्याप्टर १’मा पुरा गरेको बताए । अभिनेत्री मलिका महतले आफू भन्दा अग्रज कलाकारसँग् काम गर्दा दबाबको महशुस भए पनि उनीहरुबाट बढी सिकाई हुने बताइन् । उनले अग्रज कलाकारबाट आफूले शक्ति पाएको बताइन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २३, सोमबार २२:२३ज्वालामुखी गाउँपालिका किसानहरूलाई अनुदानमा हाते ट्याक्टर
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २३, सोमबार १९:०८काठमाडौं मेडिकल कलेजमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण, बिरामी घर फर्किए
खेलकुद२०८२ असार २३, सोमबार १९:००एनएसपीएल टी-१० क्रिकेट प्रतियोगिता हुँदै
कला, विचार/मनोरञ्जन२०८२ असार २३, सोमबार १८:०२विल्सन विक्रम राईको डेब्यु निर्देशनमा ‘मैझारो’, धीरज मगर मुख्य भूमिकामा