छब्बिसौं सिम्पल सम्मान अर्पण

काठमाडौँ। सिम्पल आर्ट्स बानेश्वरले छब्बिसौं सिम्पल सम्मान अर्पण गरेको छ । संस्थापक अध्यक्ष सङ्गीतकार तथा निर्देशक केशव सान्दाइले स्वागत मन्तव्य ,सबिना बयलकोटीको स्वागत नृत्य र दुर्गा अधिकारीले लेख्नुभएको स्वागत सुसेली ममता मृदुलले गाएपछि साहित्यकार राधेश्याम लेकालीले समाजसेवी शोभित उप्रेतीलाई ,साहित्यकार वेदमणि घिमिरेले साहित्यकार मधुसूदन प्रसाद घिमिरेलाई ,साहित्यकार ढुण्डीराज पोखरेलले शिक्षासेवी केदारप्रसाद तिमल्सिनालाई,कामनपा ३१ का वडाध्यक्ष सरोज ढकालले चलचित्र निर्माता तथा बितरक सरोज शर्मालाई ,साहित्यिक पत्रकार तथा साहित्यकार चेतनाथ धमलाले गायक तथा सङ्गीतकार सुर्य दयालुलाई र गायक सिताराम पोखरेलले कलाकार सरिता लामिछानेलाई सम्मान पत्र अर्पण गर्नुभएको थियो ।
साहित्य,संगीत ,कला र सामाजिक क्षेत्रका व्यक्तित्वहरु,कात्यायन, दुर्गा अधिकारी भमरकोटे,कृष्ण आचार्य,ध्रुबराज थापा, सुरेन्द्र रायमाझी ,वसन्त शर्मा, जयराम बिडारी,प्राडा शुकदेव उपाध्याय,जमुना पोखरेल ,प्रीति कौर,रन्जना पराजुली ,करुणा पोखरेल,रजनी बस्नेत ,विक्रम श्रेष्ठ सागर,राधिका पन्त,सन्तोषकुमार पोखरेल लगायतले खादा,सास र रुद्राक्षको माला र सभापति सान्दाइले टिका लगाइदिएर सम्मानित व्यक्तित्वलाई सम्मान गर्नुभएको थियो । सो अवसरमा गीतकार नारायण कुमार आचार्यलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । सम्मानितको तर्फबाट कलाकार सरिता लामिछानेले मन्तव्य राखेकी थिइन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न








