जनशक्तिको अभावले भिडियो एक्स–रे सेवा ठप्प

अर्घाखाँची, १६ फागुन । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स–रे सेवा सञ्चालन हुन सकेको छैन । छत्रदेव गाउँपालिका–२ बल्कोटमा रहेको यस प्राथमिक केन्द्रमा दुईवटा भिडियो एक्स–रे उपकरण रहे पनि दक्ष जनशक्तिको अभावमा एक वर्षदेखि सो सेवा सञ्चालन हुन नसकेको त्यहाँका प्रमुख विष्णु खनालले बताए ।
भिडियो एक्स–रे गर्ने चिकित्सक अध्ययन बिदामा गएपछि विगत एक महिनादेखि यस्तो समस्या भएपछि सेवाग्राही भिडियो एक्स–रे गर्न जिल्ला अस्पताल सन्धिखर्क र निजी क्लिनिकमा जान बाध्य भएका छन् । भिडियो एक्स–रे सञ्चालन नहुँदा गर्भवती बढी मर्कामा परेका छन् । चिकित्सक आरोग्य खनालले बताए ।
उक्त केन्द्रमा चौबिस घण्टा प्रसूति सेवा, ओपिडी, ल्याब, बीमालगायत सेवाहरु प्रदान हुँदै आएकाले अर्घाखाँचीको छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका र गुल्मीको छत्रकोटका बासिन्दा पनि लाभान्वित हुँदै आएका थिए । जर्नल एकस–रे पनि दक्ष जनशक्तिको अभावमा सोही केन्द्रका कार्यालय सहयोगी रेनुप्रसाद खनालले सञ्चालन गर्दै आएका थिए । तालिमको भरमा सात वर्षदेखि एक्स–रे सञ्चालन गर्दै आएकामा अहिले प्राविधिक समस्याका कारण यो पनि चालाउन नसकिएको उनको भनाइ थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








