थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा

चितवन, १६ फागुन । भरतपुर अस्पतालले थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा (डेकेयर) सेन्टर सञ्चालन गरेको छ । बच्चा वार्डबाटै दिँदै आएको सेवालाई छुट्टै सेन्टर खोलेर सेवा दिन थालेको हो । यससँगै बिरामीलाई सेवा लिन सहज भएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार तीन शय्याको डेकेयर सञ्चालन गरिएको छ । बच्चा वार्डमा थालेसिमियाका बिरामीलाई असहज भएको गुनासो आएपछि छुट्टै सेन्टर खोलेको उनले बताए ।
नवलपुरकी देवी दराईले छुट्टै डेकेयर सुरु भएपछि सेवा लिन सहज भएको बताए । उनले भने, “पहिले बच्चा वार्डमा जाँदा कहिलेयता जानु कहिले उता जानु भन्नुहुन्थ्यो अहिले सिधै यहाँ आए हुन्छ ।” उनले बिरामी धेरै भएकाले शय्या सङ्ख्या थपेमा थप प्रभावकारी हुने सुझाव दिए । थालेसिमियाका बिरामीका लागि आवश्यक औषधि काठमाडौँमा मात्र पाइने समस्या पनि रहेको उनले बताए । उनले भने, “अस्पतालले पहल गरेर यही औषधि उपलब्ध भए काठमाडौँ गइरहनुपर्ने झन्झट हुने थिएन ।”
अस्पतालबाट नियमित ५४ जनाले सेवा लिइरहेका छन् । अस्पतालको बालरोग विभागका प्रमुख डा नारायणबहादुर थापाले थालेसिमियाका बिरामीलाई समय समयमा रगत चढाउनुपर्ने भएपछि गत पुस २४ गतेदेखि सेन्टरबाट सेवा दिन थालिएको बताए । थालेसिमिया आणुवंशिक अर्थात् वंशाणुगत रुपमा सर्ने रोग रहेको भन्दै उनले भने, “यो रोगका कारण शरीरमा हेमोग्लोबिन (रातो रक्त कोषिका) निर्माण हुन समस्या हुन्छ ।” निर्माण भएको कोशिका पनि लामो समय रहन नसक्ने हुँदा बिरामीलाई बारम्बार रगत चढाउनुपर्ने डा थापाको भनाइ छ ।
यस्ता बिरामीलाई रगतमा आइरन घटाउने औषधि दिनुपर्ने हुन्छ जुन औषधि काठमाडौँमा मात्रै उपलब्ध छ । नेपालमा दर्ता नभएकाले त्यो औषधि नियमित रूपमा नपाइएको डा थापाले जानकारी दिए । डा थापाका अनुसार भरतपुर अस्पतालमा एक सयजना थालेसिमियाका बिरामी दर्ता भएका छन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार २०:२१चलचित्र ‘जिरो डिग्री’ को पोखराबाट छायाङ्कन सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १६:५०नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार १०:२३प्राविधिक परिवारलाई बोर्डद्वारा ५० हजार सहयोग







