चन्द्रबहादुर र अञ्जलीले बक्सिङको ओलम्पिक छनोट खेल्ने

काठमाडौँ, १६ फागुन । इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
पेरिस ओलम्पिक छनोटको आधार रहेको उक्त प्रतियोगितामा पुरुष ५१ किलो तौल समूहमा चन्द्रबहादुर थापा र महिला ५४ किलोतर्फ अञ्जली तेलीले नेपालबाट प्रतिस्पर्धा गर्ने छन् । अञ्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनलमा पुगेर नेपाली बक्सिङमा इतिहास रचेकी खेलाडी हुन् ।
त्यस्तै इटाली जाने टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारी तथा प्रशिक्षकमा प्रचण्ड शर्मा रहेका छन् । आगामी मार्च ३ देखि ११ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि चार सदस्यीय नेपाली टोली बिहीबार इटाली प्रस्थान गर्नेछ ।
नेपाल बक्सिङ महासङ्घका उपाध्यक्ष श्यामकाजी अवालेका अनुसार ओलम्पिकको बक्सिङमा नेपालले ३२ वर्षदेखि सहभागिता जनाएको छैन । सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५औँ संस्करणदेखि नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता जनाएको छैन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवाले, राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्टलगायतले टोलीको आज बिदाइ गरे ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ३०, सोमबार २०:३४पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ
समाचार२०८२ भाद्र ३०, सोमबार २०:२७‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
समाचार२०८२ भाद्र ३०, सोमबार १८:१६ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ३०, सोमबार १३:३९हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’को प्रदर्शन निरन्तर