पक्राउ परेका लघुवित्त पीडितहरुलाई विनाशर्त रिहाई गर: एमाले

काठमाडौँ- नेकपा एमालेले संघीय संसद भवन परिसरमा हुलदङ्गासहित नाराबाजी गरेका लघुवित्त पीडितहरुलाई विताशर्त रिहाईको माग गरेको छ ।
सरकारले पीडितलाई न्याय दिलाउनुको साटो मुद्धा दर्ता गर्ने तयारी गरेको भन्दै नेकपा एमालेका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले गृहमन्त्री नारायणकाजि श्रेष्ठको ध्यानाकर्षण पत्र बुझाउँदै मुद्दा नचलाउन आग्रह गरेका हुन ।
पीडितलाई भित्र प्रवेश गर्न दिइनु गृह–प्रशासन र सुरक्षा संयन्त्रको कमजोरी भएको बताउँदै सचेतक बर्तौलाले उल्टै पीडितमाथि मुद्धा लगाउने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताउनुभयो ।
”कमजोरी गर्ने गृह प्रशासन मुद्दा खेप्नुपर्ने पीडितहरु यो हुन सक्दैन । हामीले गृहमन्त्रीलाई भनेका छौ । उहाँहरुलाई मानवीय ब्यवहार सहित अविलम्ब रिहाइ गरियोस । दोषी देखिएकालाई कारवाही गरियोस । दोस्रो कुरा मिटर ब्याजपीडितहरुको स्वास्थ्य र उहाँहरुको न्यायको मुद्दालाई संवोधन गर्नेगरी कम्तिमा पनि सरकाले माग संवोधन गर्ने बचन दिदै घरफिर्तीको वातारण बनाइयोस भनेका छौ ।” सचेतक बर्तौलाले भन्नुभयो ।
साथै संसद भवन र सिंहदरबार वरिपरिका पेटीमा लगाइएको निषेधित क्षेत्र हटाउन पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको सचेतक बर्तौलाले जानकारी दिनुभयो । एमालेको टोलीले लघुबित्त तथा मिटरब्याज सम्बन्धी समस्या तत्काल समाधान गर्न पनि माग गरेको छ ।
जवाफमा, गृहमन्त्री श्रेष्ठले संसद भवन परिसरबाट पक्राउ परेका ४९ जना सबैलाई बिनाशर्त रिहाई गर्ने, मिटरब्याज पीडितको समस्या दीर्घकालीन रुपमै समाधान गर्ने तयारी भइरहेको बताउनुभएको सचेतक बर्तौलाले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै








