चलचित्र ‘काँडेतार टिमको देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग

काठमाडौँ। चलचित्र ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो ।
आफूले फिल्म ‘काँडेतार को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सन्चालन गरेको र मंगलवार थप संकलन गरिएको बताएका छन् ।
उनले संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए । खड्काले निर्देशन गरेको चलचित्र ‘काँडेतार यहि फागुन २५ बाट रिलिज हुने तयारीमा रहेको छ ।
राष्ट्रिय भावनामा आधारित यो चलचित्र भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ ।
नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको छ ।
फिल्ममा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ । सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् ।
नादिया खड्का र सनया खड्का निर्माता रहेको चलचित्रमा मणि थापा र दीपक शर्माको संगीत सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १२, मंगलवार ०७:१८उदाउँदो सूर्यलाई अर्घ्य दिइयो
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक ११, सोमबार २१:२०‘परान’ फिल्म मेरा लागि एकदमै विशेष छ: अभिनेत्री पुजा चन्द
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक ११, सोमबार २१:११परिवर्तनको संदेश बोकेको फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक
समाचार२०८२ कार्तिक ११, सोमबार १९:४१अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो








