टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला : आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै

काठमाण्डौं, फागुन १७ । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल अहिले बिहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् ।
नेदरल्यान्ड्स र नामिबिया आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसअघि दुवै देशले नेपालसँग खेलिसकेका छन् । नेपाल पहिलो खेलमा अस्ति नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा हिजो नेदरल्यान्ड्ससँग दुई रनले हारेको थियो ।
यसअघि लिग–२ अन्तर्गत भएका चार खेलमध्ये नेपाल दुई वटा खेलमा नामिबियासँग हारेको थियो । त्यस्तै एउटा खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो भने एउटा खेलमा हार ब्यहोरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








