वाफ वुमेन्स च्याम्पियनसिप : उपाधीका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, फागुन १७ । साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा हुनेछ।
पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपाल जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। जोर्डन पाँच पटकको विजेता रहेको छ ।
समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै फाइनल पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
आजको खेलमा नेपालकी फरवार्ड सावित्रा भण्डारी सहभागी नहुने भएकी छिन्। उनले जारी प्रतियोगितामा नौ गोल गरेकी थिइन् । आज नेपाली टोलीका प्रिति राई, समिक्षा घिमिरे, अमृता जैशी लगायतका खेलाडीको प्रर्दशनलाई महत्वका साथ हेरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









