पश्चिमी बायुको प्रभावले आज रातिदेखि पानी पर्ने सम्भावना

काठमाडौं- आज रातिदेखि पानी पर्ने सम्भावना देखिएको छ । आज राति पश्चिम नेपालमा बढी सम्भावना भएपनि भोलि देशका अधिकांश क्षेत्रमा पानी पर्ने पूर्वानुमान गरिएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा आज राति हल्का बर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भोलि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी लुम्बिनी सहित गण्डकी प्रदेशका तराई भू-भाग र देशका बाँकी पहाडी भू-भागमा समेत भोलि छिटफुट देखि हल्का बर्षाको पूर्वानुमान गरिएको छ । यो क्रम भोलि रातिसम्म पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुलुकका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । यो मौसमी प्रणालीको प्रभावले पानी पार्ने सम्भावना बढेको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १४:४९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने







