Home कला, विचार/मनोरञ्जन मौलिक चलचित्र निर्माणमा जोड दिन संचार मन्त्रीको सुझाव

मौलिक चलचित्र निर्माणमा जोड दिन संचार मन्त्रीको सुझाव

6
0

काठमाडौं । संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिदै नेपालमा यस प्रकारका मौलिक,यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् । मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक,निर्माता,निर्देशक लक्ष्मण सुवेदीबीच बुधबार मन्त्रीकै कार्यकक्ष,सिंहदरवारमा भएको भेटघाटमा नेपाली चलचित्रको बिकास,बिस्तार र श्रीबृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको राय थियो । मन्त्री शर्माले चलचित्र ‘सतीदेवी’ नारी प्रदान,मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताएकी थिइन् ।

निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको बिषयबस्तुको बारेमा बिस्तृतमा ब्याख्या गरेका थिए । मन्त्री शर्माले ‘सतीदेवी’ चलचित्र बारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त चलचित्रलाई राज्यले बिशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले बताए । मन्त्री शर्माले आफू सधै नेपाली चलचित्रको गुणस्तरिय र ब्याबसायिक बिकासको पक्षमा रहेको जोड दिदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागीपरेको बताइन् ।

मन्त्री शर्माले चलचित्र अभिब्यक्तिको निकै सशक्त माध्यम भएकाले देशको कला,भाषा,संस्कृतिको बिकास र प्रबद्र्धनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै चलचित्रकर्मीहरुले मौलिक चलचित्र निर्माणमा लाग्नु पर्ने धारणा राखिन् । संचारमन्त्री शर्माले आफ्नो चलचित्रप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लीत र प्रेरित भएको निर्देशक सुवेदीले बताए । उनले मन्त्री शर्मा नेपाली चलचित्र र चलचित्रकर्मीको समुन्नतीका लागि केही गरौं भन्ने भावनायुक्त पाएको बताउदै मन्त्री शर्माले समग्र चलचित्र क्षेत्रको जिम्मेवारीपूर्ण अभिभावकत्व बहन गरेको उल्लेख गरेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleपश्चिमी बायुको प्रभावले आज रातिदेखि पानी पर्ने सम्भावना
Next articleपाँच चलचित्रकर्मीलाई ‘चलचित्र विशेष व्यक्तित्व सम्मान २०८०’ प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here