पाँच चलचित्रकर्मीलाई ‘चलचित्र विशेष व्यक्तित्व सम्मान २०८०’ प्रदान

काठमाडौं। इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आईएनएनएफ) ले बिहीबार आयोजित एक भव्य समारोहमा पाँच दशकभन्दा लामो समयदेखिको उल्लेखनीय योगदानका लागि नेपाली चलचित्र उद्योगका पाँच व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्काको अतुलनीय समर्पण र असाधारण प्रतिभालाई कदर गर्दै ‘चलचित्र स्वर्णिम सम्मान २०८०’ बाट सम्मानित गरिएको हो ।
कार्यक्रममा रमेश बुढाथोकी, राजकुमार राई, रवीन्द्र खड्का, गौरी मल्ल र करिश्मा मानन्धरलाई ‘चलचित्र विशेष व्यक्तित्व सम्मान २०८०’ प्रदान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मानित व्यक्तिहरूलाई सम्मान पत्र र दोसल्लाले विभूषित गरेका थिए ।
कार्यक्रममा संस्थाको प्रथम साधारण सभापछि नयाँ कार्यसमिति गठन भएको छ । आईएनएनएफ केन्द्रीय समितिको अध्यक्षमा लव प्याकुरेल र उपाध्यक्षमा मानबहादुर थापा, प्रदीप लाल श्रेष्ठ र लक्ष्मण सुवेदी निर्वाचित भएका छन् । महासचिवमा रमेश कोइराला, सचिवमा भीष्मराज फुलारा र कोषाध्यक्षमा ठण्डबहादुर अधिकारीले जिम्मेवारी पाएका छन् । त्यसैगरी सदस्यमा राधेश्याम विश्वकर्मा, गणेश सुवेदी, विनोद चौलागाईं र मधु अधिकारी निर्वाचित भएका छन् ।
कार्यक्रममा ‘सिमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया पनि गरिएको थियो । चलचित्रकर्मी, उद्योग विज्ञ र सरोकारवालाहरूबीच नेपाली चलचित्र नेटवर्किङ, ज्ञान आदानप्रदान र सहकार्यको लागि कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष प्याकुरेलले बताए । अन्तर्क्रियामा सहभागीहरूले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सरकार र चलचित्रकर्मीबीच ठोस योजना र सहकार्य आवश्यक रहेकोमा जोड दिए । प्रमुख वक्ता चर्चित अभिनेता नीर शाहले नेपाली चलचित्र उद्योगलाई थप विकासका लागि आफ्नो कमजोरी पत्ता लगाएर आत्मपरीक्षण गर्न आग्रह गरे ।
कार्यक्रममा कृष्ण मल्ल, तीर्थ थापा, शान्ति प्रिय, जनकदीप पराजुली, श्रीदेव बीएल, समीर बलामी, उत्तम के.सी., पुकार भट्टराई, रामेश्वर बुर्लाकोटी, नरेश पौडेल, ऋषि लामिछाने, शुष्मा कार्की, रोशनी के.सी., मनोज के.सी., दिनेश के.सी., अमर वोली, विक्रान्त बस्नेत, राजेन्द्र बजगाईं, बसन्त अधिकारी, रघुनाथ सापकोटा, पवन के.सी., संजय खतिवडा, माधव खरेल, गीता अधिकारी, मुक्ति श्रेष्ठ, निर्जला अधिकारीलगायत चलचित्र क्षेत्रका कलाकार र प्राविधिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमले नेपाली चलचित्र समुदायको एकता र ऐक्यबद्धता, सामूहिक उत्सवको भावना र उद्योगको प्रगतिप्रति प्रतिबद्धतालाई बढावा दिने विश्वास गरिएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार २३:१८कलाकार लक्ष्मी श्रेष्ठको निधन
समाचार२०८२ असार २०, शुक्रबार २०:३४कालिका नगरपालिकाका २सय परिवारलाई सुधारिएको चुलो वितरण
समाचार२०८२ असार २०, शुक्रबार १७:२२योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली यही साउनदेखि लागु हुने
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २०, शुक्रबार १५:०६एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण « रिपोर्टर्स नेपाल