चलचित्र ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवार बाट चलचित्र ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आएको छ। केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको चलचित्र २ घण्टा ५० मिनेट लामो छ।
चलचित्रको बिहिवार सांझ भब्य प्रिमियर शोको आयोजना गरिएको थियो। फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको सौरभ चौधरी निर्देशित चलचित्र लाई देशभरका हलमा उच्च शो पाएको छ । फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ ।
यस्तै काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शो, बीएसआरले ४ शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ । उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन् । शोको अनुपात हेर्दा देशभरका १ सय ११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई २ सय ५९ शोहरु उपल्बध गराएका छन् ।
फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रले दर्शकलाई फरक शैलीमा कथा भन्ने प्रयास गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









