नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी, फाइनलमा पुग्ने बलियो सम्भावना

टी- २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ । लगातार दुई खेल जित्दै नेपालले शृंखलाको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
कप्तान रोहितकुमार पौडेल र गुल्शन झाको उत्कृष्ट साझेदारीले त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपालले फाइनल पुग्ने बाटो बलियो बनाएको हो ।
टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो । घरेलु टोलीले १५.२ ओभरमा ४ विकेट गुमाएर नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य पूरा गर्यो ।
नेपालका कप्तान पौडेल र गुल्सन झाले ६६ बलमा ८६ रनको साझेदारी गरे । पौडेलले ३४ बलमा ४६ रन बनाए भने झाले ३६ बलमा ३८ रन बनाए । ओपनर कुशल भूर्तेलले १२ र आसिफ शेखले आठ रन बनाए । दीपेन्द्रसिंह ऐरीले अविजित चार र कुशल मल्लले अविजित दुई रन बनाए ।
बलिङमा नेदरल्यान्ड्सका भिभियन किङ्माले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले सर्वाधिक ३१ रन बनाए ।
यस्तै टिम भानले २४, रोयलफ भानले २३ र कप्तान स्कट इडवार्डले १८ रन बनाए । बलिङमा नेपालका प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले दुई-दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।
आइतबार नेदरल्यान्ड्स र नामिबियाको खेल हुनेछ । उक्त खेलमा नेदरल्यान्ड्स विजयी भएमा नेपाल सहजै फाइनल पुग्नेछ । यदि नामिबिया विजयी भएपनि नेपालको अघिल्लो यात्रा नेट रनरेटमा भर पर्नेछ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार २३:१८कलाकार लक्ष्मी श्रेष्ठको निधन
समाचार२०८२ असार २०, शुक्रबार २०:३४कालिका नगरपालिकाका २सय परिवारलाई सुधारिएको चुलो वितरण
समाचार२०८२ असार २०, शुक्रबार १७:२२योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली यही साउनदेखि लागु हुने
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २०, शुक्रबार १५:०६एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण « रिपोर्टर्स नेपाल