अन्तर-दूतावास फुटबल प्रतियोगिता : अमेरिकी र बेलायती राजदुत आमनेसामने (फोटोफिचर)

काठमाडौं, १९ फागुन । नेपालस्थित् दूतावासका अधिकारीहरुबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । हिजो (शुक्रबार) नेपालस्थित् अमेरिकी दूतावास र बेलायत दूतावासका अधिकारीबीच मैत्रीपूर्ण खेल भएको जनाईएको छ ।
जसमा अमेरिकी दूतावासका अधिकारीहरु विजयी भएका हुन् । अमेरिकी दूतावासको तर्फबाट राजदूत डिन आर. थम्प्सनले नै आफ्नो टोलीको नेतृत्व गरेका थिए । उता, रोब फेनले बेलायती दूतावासका अधिकारीहरुको टिमको नेतृत्व गरेका थिए ।प्रतियोगितामा सहभागी भएका तस्विरसहित अमेरिकी दूतावासले आफ्नो फेशबुक पेजमा लेखेको छ-
बधाई अमेरिकी दूतावास टोली!
हिजो, राजदूत थम्पसनले UK in Nepal संगको फुटबल खेलमा अमेरिकी दूतावास नेपाल फुटबल टोलीको नेतृत्व गर्नु भयो! अन्तर-दूतावास फुटबल खेलले दुई दूतावासका अधिकारीहरूलाई मैत्रीपूर्ण खेलमा संग्लग्न गरेर नेपाल, अमेरिका र बेलायतबीचको बहुपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँन मद्दत गर्यो।
Congratulations U.S. Embassy team!
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १४:३१‘परालको आगो’ले ओपनिङमै बनायो छाप, पहिलो दिनमै ३७ लाख पार








