‘उजेली’ निर्देशक ‘केटी हराएको सूचना’ लिएर फर्किए, नाजिर-श्रृष्टि बने जोडी

काठमाडौँ। सन् १९९२ मा पहिलोपटक प्रसारण भएको ‘उजेली’ टेलिश्रृखंलामा सहनिर्देशन गरेका दिपेन्द्र गौचनले पहिलो पटक नेपाली फिचर सिनेमा निर्देशन गर्ने भएका छन्।
उनले अभिनेता नाजिर हुसेन तथा अभिनेत्री श्रृष्टि श्रेष्ठलाई लिएर ‘केटी हराएको सूचना’ निर्देशन गर्न लागेका हुन्। सोमबार सिनेमाको स्क्रिप्ट पूजा गरिएको छ। श्रृष्टि र नाजिर पहिलो पटक एक साथा पर्दामा देखिन लागेका हुन् ।
नकिम उद्दिनको निर्माण रहने सिनेमा पनि निर्देशक गौचनले नै लेखेका हुन् । बिहीबारबाट फ्लोरमा जाने सिनेमाको काठमाडौँ र जनकपुरमा छायाँकन हुनेछ।
फिल्मको बिहीबार देखि गरिने निर्माण पक्षले जनकारी दिएको छ । सिनेमालाई अम्बर महर्जनले खिच्नेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै








