घरेलु मैदानमा नेपाललाई स्तब्ध पार्दै नेदरल्याड्सले जित्यो सिरिजको उपाधि

काठमाडौं,२२ फागुन । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्याड्सले जितेको छ । आज भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले हरराउँदै नेदरल्याण्ड्सले उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्याण्ड्स माइकल लेविटले २९ बलमा ५४ र साइब्रान्ड एंगलब्रेच्टले २९ बलमा ४८ रन बनाए। विक्रमजित सिंहले २३ बलमा २९ र म्याक्स ओदोदले २३ बलमा २२ रन बनाए। ५ बलमा दुई छक्का र २ चौका प्रहार गरेका टिम भान डर गुग्टेन २१ रनमा अविजित रहे। नेपालका कुशल मल्लले ४ विकेट लिए।
त्यसैगरी दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १/१ विकेट लिए।
त्यस अगाडि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले ८ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा ३ छक्का र १ चौका प्रहार गरे।
त्यसैगरी गुलसन झाले ३४ रन, कुशल मल्लले २६ रन, कप्तान रोहित पौडेलले २५ रन, ओपनर कुशल भुर्तेलले २० रन, करण केसीले ९ रन, सोमपाल कामीले ६ रन, प्रतिश जिसीले ६ रन, दिपेन्द्रसिंह ऐरीले १ रनको योगदान गरे। आरिफ शेख शून्य रनमा आउट भए।
नेदरल्याण्ड्सका लागि टिम भान डर गुग्टेन, माइकल लेभिट, साइब्रान्ड एंगलब्रेक्ट र फ्रेड कलासेनले २/२ विकेट लिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ८, आईतवार ०८:२३आधुनिक हतियारसहित एक युवक पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार ०७:४६चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने







