पशुपति दर्शनका लागि कस्तो छ कोषको तयारी ?

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सबै तयारी पूरा भएको छ ।
कोषले शिवरात्रिका दिन दर्शनार्थीलाई सहज र सुरक्षित तरिकाले छिटो दर्शनको व्यवस्था मिलाइएको जनाएको छ । पशुपतिनाथको दर्शनका लागि चारै ढोकाबाट लाइनको व्यवस्था गरिएको छ ।
शिवरात्रीका दिन यसपालि करिब १० लाखले दर्शन गर्ने कोषको अनुमान छ । मेलाका लागि स्काउटसहित ६ हजार स्वयंसेवक परिचालन गरिनेछ ।
स्वास्थ्य शिविर, आवास तथा भोजनको नि:शुल्क व्यवस्था गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि तिलगंगा, कोषको कार्यालय, गौशाला प्रहरी, सिफल चौर, गुहेश्वरी गरी पाँच स्थानमा पार्किङको व्यवस्था गरिएको छ।
महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थहरुको बिक्री-वितरणमा रोक लगाइएको छ ।
यसपालि दर्शनका लागि कुनै पनि पासको व्यवस्था भने गरिएको छैन ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १९:३८ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १८:१८गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस







