नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११:१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।
आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १४:४९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने








