‘उपहार’को उत्साहजनक ओपनिङ, केही हलमा बढ्यो शो

रेखा थापाको ‘उपहार’ले आक्रामक ओपनिङ गरेको छ ।
शुक्रबारका दिन परेको महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको बिदाको सिनेमाले राम्रो फाइदा प्राप्त गरेको छ।
सिनेमाले आफूलाई प्राप्त सबै शोहरुमा दर्शकको उच्च साथ पाएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो सिनेमामा रेखा थापा, पूजा शर्मा तथा वेनिशा हमाल प्रमुख भूमिकामा रहेका छन्।
यो सिनेमा हेर्न हलहरुमा महिला दर्शकहरुको उपस्थिति उलेख्य मात्रामा रहेको छ।
शुक्रबार दिनभर काठमाडौंका मल्टिप्लेक्स र सिंगल हलहरुमा दर्शकको चाप उच्च थियो। बिग मुभिज, लाबिम मल, सिभिल मल, एफक्यू, वान सिनेमाज्, अष्टनारायण लगायतका हलहरुमा दर्शकको चाप समान किसिमको छ।
सिनेमा हेरेका दर्शकहरुले ‘उपहार’को विषयवस्तु, कमेडी र कलाकारको अभिनयको तारिफ गरेका छन् ।
सिनेमा हलमा दर्शककहरुको उत्साहजनक चापका कारण हौसिएका नायिकाद्धय पूजा शर्मा र बेनिशा हमाल काठमाडौंका विभिन्न हलहरुमा पुगेर दर्शकहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिए।
सिनेमाका वितरक करण श्रेष्ठले ‘उपहार’ले शनिबार केही हलमा शो थपेको जानकारी दिएका छन्।
काठमाडौं बाहिर पनि सिनेमाले राम्रो व्यापार गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १४:३१‘परालको आगो’ले ओपनिङमै बनायो छाप, पहिलो दिनमै ३७ लाख पार








