टि–२० शृङ्खला : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
जितसँगै नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।
नेपालले प्रस्तुत गरेको एक सय ९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो । पपुवा न्युगिनीका लागि हिरी हिरीले सर्वाधिक २८ रनको योगदान दिए । त्यस्तै सेसे बाउले २१, टोनी उराले १३ र नसैना पोकनाले १२ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले चार विकेट लिए भने प्रतिश जिसीले दुई विकेट झारे । त्यस्तै आकाश चन्द र गुल्सन झाले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ९८ रन बनाएको थियो । नेपालका लागि कुशल भूर्तेलले ३९ बलमा चार चौका र चार छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान दिएर नेपालको प्रतिष्ठा बढाएका हुन् ।
यसैगरी, सन्दीप जोराले २६ बलमा चार छक्का र तीन छक्काको मद्दतले ५६ रन बनाए भने विनोद भण्डारीले २७ रन जोडे । विवेक यादवले १९, गुल्सन झाले १५ तथा लोकेश बमले १४ रन बनाए । पपुवा न्युगिनीका लागि कप्तान असाद भालाले दुई विकेट लिँदा नसैना पोकना, जोन कारिको र नोर्मन भानुआले समान एक–एक विकेट लिएका थिए ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १२, मंगलवार १५:३८उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १२, मंगलवार ११:०१बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा
खेलकुद२०८२ कार्तिक १२, मंगलवार १०:५७चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै
समाचार२०८२ कार्तिक १२, मंगलवार ०७:१८उदाउँदो सूर्यलाई अर्घ्य दिइयो








