पर्वतका प्राध्यापक डा.रेग्मीलाई वीरशाली पन्त स्मृति गौरवमय पुरस्कार प्रदान

पर्वतका प्राध्यापक डा.रेग्मीलाई वीरशाली पन्त स्मृति गौरवमय पुरस्कार प्रदान

पोखरा। बागलुङ नगरपालिकाले स्थापना गरेको वीरशाली पन्त स्मृति गौरवमय पुरस्कार पर्वतका साहित्यकार प्राध्यापक डा.जगन्नाथ रेग्मीलाई प्रदान गरिएको छ । हिजो सोमबार आयोजित एक कार्यक्रममा बागलुङ नगरपालिकाका उप-प्रमुख राजु खड्का र पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष प्रेम छोटाले पुरस्कार हस्तान्तरण गर्नुभएको हो । नगरपालिकाले ५ लाख अक्षयकोष स्थापना गरेपछि पहिलो पटक २५ हजार राशीको उक्त पुरस्कार रेग्मीलाई प्रदान गरिएको हो ।

नेपाली भाषा साहित्य मात्र नभइ संस्कृत भाषा साहित्यका अग्रणी वीरशाली पन्तको स्मृतिमा कोष स्थापना भएको थियो। पन्तको बागलुङ नगरपालिका ७ गैरागाउँमा वि स १८४९ मा जन्म भएको थियो । उहाँको सिर्जनामा दर्जनौं कविता तथा आधादर्जन महाकाव्य समेत रहेका छन् । पन्तसँग आदिकवी भानुभक्त आचार्यले साहित्य र भाषा सिकेको पनि जानकारहरु बताउँछन् ।

कार्यक्रममा नगर उप-प्रमुख राजु खड्काले वीरशाली पन्तको स्मृतिमा पुरस्कार दिने काम मात्र नभइ अन्य रचनात्मक गतिविधि र कार्यक्रम पनि संचालन गर्नुपर्ने भन्दै त्यसका लागि नगरपालिका सहयोगी भएपनि साहित्यको क्षेत्रमा क्रियाशिल सघसंस्थाले आफ्ना नियमित कार्यक्रममा जोड्नुपर्ने खड्काले बताउनुभयो ।

पुरस्कार वितरण समारोहमा नेपाली भाषा र साहित्यको विकास नहुँदै वीरशाली पन्तले दिएको योगदानलाई राज्य तहबाटै स्मरण र सम्मान गर्नुपर्ने कार्यक्रममा उपस्थित विभिन्न साहित्यकारहरुले भनाइ थियो। धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा.रामप्रसाद उपाध्याय, पुरस्कृत व्यक्तित्व रेग्मी, साहित्यकार काजी रोशन र वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ लगायतले पन्तलाई राष्ट्रिय विभूति मान्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बानपाका पूर्व प्रमुख जनकराज पौडेल, अधिवक्ता ज्ञानेन्द्रराज पन्त, बिना कार्की, विश्वनाथ रेग्मी लगायतले समेत आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

पुरस्कृत भएपछि डा.रेग्मीले बागलुङको गाउँमा जन्मेकोले पन्तको योगदानको राष्ट्रिय चर्चा नभएको समेत बताताउनु भयो । ‘काठमाण्डौ वा अन्य सहरी क्षेत्रमा जन्मेको भए वीरशाली पन्तको नाउँमा राजमार्ग बन्थ्यो’ रेग्मीले भन्नुभयो, ‘हामीले सम्झने अवसर पायौं तर अझै मेहेनत गरेर बर्ष भर चिनाउनुपर्दछ र यसको लागि सबै एकजुट हुनुपर्ने पनि उहाँले बताउनुभयो।

यो पनि पढ्नुहोस् :  गण्डकी कोटिहोम महायज्ञको ७५ प्रतिशत काम सकियोः वालयोगेश्वर महाराज

सम्मानित रेग्मी पर्वतको जलजला गाउँपालिका मल्लाज लेकफाँटमा जन्मि हाल विन्दुवासिनी संस्कृत विद्यापीठ(क्याम्पस ) पोखरामा प्राचार्य हुनुहुन्छ । नेपाली भाषा र साहित्यमा रेग्मीको पनि योगदान रहेको छ । रेग्मीले दर्जनबढी साहित्यिक, खोज तथा अन्वेषणका कृतिहरु प्रकाशित गर्नुभएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *