सौगात र विपिन स्टारर ‘द रेड सुटकेस’ चैत्र ३० मा
काठमाडौं। आगामी नयाँ वर्ष २०८१ को अबसरमा नेपाली चलचित्र ‘द रेड सुटकेस’ प्रदर्शन हुने भएको छ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । चलचित्रले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा महत्वपूर्ण अवार्ड समेत जितिसकेको छ ।
आगामी ३० चैतमा रिलिज हुने यो चलचित्रको फस्ट लुक पोष्टर मँगलबार सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टी श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
द रेड सुटकेसको फस्ट लुक्समा अभिनेत्री सृष्टी श्रेष्ठ ग्रामिण महिलाको रुपमा देखिएकी छिन् । यस्तै सौगात मल्ल र विपिन कार्कीपनि कामकाजी युवाको रुपमा छन् । यसमा पहाडी क्षेत्रको राजमार्ग (घुम्तीबाटो) लाई देखाईएको छ । फस्ट लुक कलाकारको चरित्रलाई अथार्थरुपमा देखाउन खोजिएको छ । यो चलचित्रमा यी तीन कलाकारसँगै प्रविन खतिवडा पनि मुख्य भूमिकामा छन् ।
द रेड सुटकेश गत सेप्टेम्बरमा भेनिस फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर भएको यो चलचित्रले फेस्टिभलमा दुई महत्वपूर्ण अवार्ड हाँसिल गरेको थियो । यस्तै संसारकै पुरानो मध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा पनि यो चलचित्र छनौट भएको छ ।
निर्देशक फिडेलले यो चलचित्रबारे भने,‘द रेड सुटकेस मध्यम तथा न्युन बर्गिय नेपाली समाजका युवाहरुको बर्तमान कथा हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलिचत्रको कथा हामीले बुनेका हौं ।’
श्रीलंकामा प्राविधिक काम गरिएको द रेड सुटकेसमा रामकृष्ण पोखरेल, शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई समन अलभितिगाले सम्पादन गरेका छन् ।
अघिल्लो चलचित्र ‘ऐना झ्यालको पुलती’ निर्माण गरेका रामकृष्ण पोखरेलले द रेड सुटकेशलाई पनि ‘ऐना झ्यालको पुतली’ जस्तै मौलिक कथामा तयार गरिएको बताएका छन् । यो चलचित्रलाई आरआर फिल्मसबाट रोहित र रत्नले वितरण गर्दैछन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास