काठमाडौं। अभिनेता पुष्प खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण पक्ष र पुष्पले कागजी सम्झौता गरेका छन् ।
हाल प्रि प्रोडक्सनमा रहेको यो चलचित्रमा पुष्पलसँगै अञ्जना बराइली, रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको प्रमुख भूमिका रहने छ । शिवले यसै चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दैछन् ।
जुन २०२४ को पहिलो हप्ताबाट छायाङ्कनको लक्ष्य रहेको यस चलचित्रमा आफ्नो देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्कीले बताए । “अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । सो युवकको कथा यो चलचित्र मार्फत भन्ने प्रयास गर्नेछु,” निर्देशकले बताए ।
यसको छायाङ्कन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ । यसको छायाङ्कनको समयमा नेपाली चलचित्रमा खासै प्रयोग नगरिएको ‘मिनेचर सेट’ र ‘प्रोस्थेटिक मेकअप’को प्रयोग हुने निर्देशक शङ्कर कार्कीले बताए ।
अभिनेता पुष्पले यो चलचित्रमा आफूले चार किसिमको लुक्समा र चुनौतीपूर्ण भूमिकामा अभिनय गर्नुपर्ने बताए । उनले निर्देशकको सोचलाई पूरा गर्न आफूले सके जति मेहनत गर्ने जनाए ।
चलचित्रको कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरे (माइकल) हुन् । सुसन प्रजापतिले छायाङ्कन गर्ने यो चलचित्रका निर्माण व्यवस्थापक प्रकाश हमाल हुन् । कुटुम्ब ब्यान्डले ब्याकग्राउन्ड स्कोर दिने चलचित्रका कोरियोग्राफर रामजी लामिछाने हुन् ।
आर्ट मुभिजको प्रस्तुतिमा डि मिडियाले बनाउने यो चलचित्रको रिलिज लक्ष्य २०२४ को डिसेम्बर रहेको छ । चलचित्रकी निर्माता आरती शाही हुन् । तारा नेपाली कार्यकारी निर्माता र एशोसियट निर्माता धर्म सुवेदी हुन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ पुष १०, बुधबार १९:२०पशुपतिनाथ मन्दिर पोखरामा सिग्देल
- कला, विचार/मनोरञ्जन२०८१ पुष २, मंगलवार ०९:२३एक यात्रा संस्मरण, सविना श्रेष्ठ, रजिष्टर्ड नर्स
- समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
- कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह