सुन तस्करी प्रकरणमा पूरक अनुसन्धान अघि बढाउँदै सिआईबी

सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको भोलिपल्ट गत शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वन गर्ने निर्णय गर्यो ।
आज मात्र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदनले दोषी देखाएका कारवाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिनु भएको छ ।
गृहमन्त्री लामिछानेले आज प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवर र सीआईबीका प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर आयोगले प्रतिवेदनमा दोषी ठहर गरेको कारबाही गर्न निर्देशन दिनु भएको हो ।
जाँचबुझ आयोगको प्रतिवेदन अनुसार दोषी माथि अनुसन्धान अघि बढाउन र कारर्वाही गर्न निर्देशन दिएसँगै अव आयोगको प्रतिवेदनले दोषी देखाएका माथि अनुसन्धान कसरी अघि बढला? भन्ने आम चासोको विषय छ ।
आयोगले यसअघि नै सिआइविले सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइ मुद्दा चलाएका बाहेक थप केही भारतीय र चिनियाँ नागरिकसहित माओवादी नेता कृष्णबहादुर महरा लगायतका उच्च पदस्था अधिकारी र केही कर्मचारीहरुलाई समेत अनुसन्धान गर्नु सुझाब दिएको छ ।
हाइ प्रोफाइल राजनीतिक नेतृत्वमाथिको अनुसन्धान गर्ने सुझाब सहित आएको आयोगको प्रतिवेदन अब कार्यान्वयन कसरी अघि बढाउछ भन्ने एनटिभी अनलाइनको जिज्ञाशमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख श्यामलाल ज्ञवालीले प्रहरीले यसका लागि पुरक अनुसन्धान सुरु गर्ने बताउनु भयो ।
”आयोगको प्रतिवेदन प्रहरीले पनि बुझेको छ । हामी प्रतिवेदन अध्ययनको क्रममा छौ। प्रतिवेदनले औल्याएका विषय र दोषी देखाएका मथि पुरक अनुसन्धान गर्नुपर्ने अवस्था छ । पुरक अनुसन्धानको तयारी भइरहेको छ” सिआइवी प्रमुख ज्ञवालीले भन्नुभयो ।
जाँचबुझ आयोगले विशेष गरी त्रिभुवन विमान स्थल हुँदै ब्रेक शु र भेपमा सुन राखेर भएको सुन तस्कारी प्रकारणमा प्रतिवादी रहेका ३३ जना प्रतिवादीसँग पुन: बयान लिएको थियो भने । प्रतिवादी नबनाइएका २१ जनासँग बयान लिइ केहीलाई कारवाही गर्न समेत सिफारिस गरेको छ ।
आयोगले प्रतिवेदन तयार गर्दा नौवटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ जनासँग बयान र ६१ जना विज्ञसँग परामर्श गरिएको थियो । यसैबीच यता बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणमा सिआइबीले आज चौधरी ग्रुपका अध्यक्ष एवम काँग्रेस सांसद विनोद चौधरीसँग बयान लिने चर्चाहरु चलेपनि आज बयान लिने काम नभएको बताइएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार १५:४०एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २९, बुधबार ११:५९पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २९, बुधबार ०९:३२चलचित्र ‘एक्लो’को कविता नेपाली फिचर्ड गीत सार्वजनिक
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा