नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिकमा भर्ना गरिएको हो।
सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई कपिलवस्तुबाट पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै काठमाडौँ जिल्ला अदालत पेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ पुष १०, बुधबार १९:२०पशुपतिनाथ मन्दिर पोखरामा सिग्देल
- कला, विचार/मनोरञ्जन२०८१ पुष २, मंगलवार ०९:२३एक यात्रा संस्मरण, सविना श्रेष्ठ, रजिष्टर्ड नर्स
- समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
- कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह