गुल्मीमा शुक्रबारदेखि खुला ब्याडमिन्टन

गुल्मीमा शुक्रबारदेखि खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनेभएको छ । जिल्ला सदरमुकाम तम्घासमा यही चैत ९ देखि ११ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो ।
जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष नवराज श्रेष्ठका अनुसार उक्त प्रतियोगिताअन्तर्गत खुल्ला पुरुष डबल, भेट्रान्स, खुला पुरुष एकल, खुला महिला डबल्सलगायत सात विधाका खेल हुने छन् । खुला पुरुष डबल्सतर्फ पहिलो हुनेले रु ६० हजार, दास्रो हुनेले रु ४० हजार र तेस्रो हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै भेट्रान्सतर्फ पहिलो हुनेलाई रु ४० हजार, दोस्रो हुनेलाई रु २५ हजार र तेस्रो हुनेलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । खुला पुरुष एकलतर्फको पहिलो हुने खेलाडीलाई रु ३५ हजार, दोस्रो हुनेलाई रु २५ हजार तथा तेस्रो हुनेलाई रु १५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसैगरी खुला महिला डबल्सतर्फको विजेताले रु ३५ हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा खुला पुरुष डबल्स र खुला पुरुष एकलतर्फ राष्ट्रिय बरियताका २० भन्दा तलका खेलाडी मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १९:३८ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १८:१८गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १४:३८न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा आयुर्वेद चिकित्सालय धादिङलाई ६८.४८ अंक








