नेपाली क्रिकेटको विकासका लागि पूर्वाधार विकासमा लगानी बढाउन आवश्यक छः ग्रेग बार्कले

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले आफू नेपाली क्रिकेटको विद्यामान अवस्थाबाट निकै प्रभावित भएको बताएका छन् । नेपाल भ्रमणमा रहेका बार्कलेले आज (बुधबार) पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाली क्रिकेटको भविष्यमा केही सकारात्मक प्रभाव देखिएको बताएका हुन् ।
उनले पछिल्लो समय नेपाली क्रिकेटका क्षेत्रमा प्रगति भइरहेको बताउँदै भविष्यमा पनि थप प्रगति हुने विश्वास व्यक्त गरे । उनले नेपालको क्रिकेटको विकासका लागि पूर्वाधारमा लगानी बढाउन पर्ने आवश्यकता औंल्याएका छन् । नेपालमा अहिले भइरहेका संरचना पर्याप्त नरहेको औल्याउँदै उनले ठूला टिम र प्रतियोगिताहरु आयोजना गर्न लगानी बढाउनु आवश्यक रहेको बताए ।फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २५, सोमबार ०७:२५म्याग्दीको दरवाङ-मुना-ढोरपाटन सडकखण्डको स्तरोन्नति गर्ने काम सुरु
समाचार२०८२ कार्तिक २४, आईतवार २१:५०धादिङमा सरकारी आयुर्वेद स्वास्थ्य संस्थाहरूको एकदिने समीक्षा गोष्ठी सम्पन्न
समाचार२०८२ कार्तिक २४, आईतवार २०:३२भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने
समाचार२०८२ कार्तिक २४, आईतवार १९:४३रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन







