Home समाचार काँग्रेस सांसद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सिआइबीले सभामुखलाई दियो जानकारी

काँग्रेस सांसद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सिआइबीले सभामुखलाई दियो जानकारी

13
0

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रतिनिधसभा सदस्य तथा कांग्रेस नेता विनोद चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

अनुसन्धान अधिकृत एवम प्रहरी उपरिक्षक होविन्द्र बोगटीले  सभामुख घिमिरेलाई आज एक पत्र मार्फत काँग्रेस सांसद चौधरीमाथि सिआइबीले अनुसन्धान गरिरहेको जानकारी गराउनु भएको हो ।

पत्रमा काठमाडौं महानगरपालिका ३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीले ‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा सांसद चौधरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढेको उल्लेख छ ।

”वादी नेपाल सरकार प्रतिवादी अजित नारायण सिंह समेत भएको बासबारी छालाजुता कारखानको नाममा  दर्ता कायम रहेको दस रोपनी जग्गा गैर कानुनी तवरबाट च्यामिप्यन फुटवेर लिमिटेडको को नाममा स्वामित्व हस्तान्तरण गरी सरकारी जग्गा किर्ते र ठगी गरेको मुद्दामा संस्थापन शेयर धनी  संघीय संसदका माननीय सदस्य विनोद चौधरीको सम्बन्धमा अनुसन्धान भइरहेको ब्यहोरा  सभामुखलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleझापामा महजोडी सम्मानित
Next articleनेपाली क्रिकेटको विकासका लागि पूर्वाधार विकासमा लगानी बढाउन आवश्यक छः ग्रेग बार्कले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here