सर्लाहीमा ‘मेयर’ को छायांकनमा ११ हजार स्थानीय !

काठमाडौँ। शनिबार साँझ निर्देशक दीपेन्द्र के. खनालले केही तस्बिर सहित एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा शेयर गरे । पोस्टमा उनले लेखेका थिए, ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’ को छायांकनको लागि आउनु भएका ११ हजार स्थानीयको माया हो । नेपाली सिनेमा निर्माणमा एउटा महत्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित महानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु।’ निर्देशक खनालका अनुसार सर्लाहीमा भइरहेको सिनेमा ‘मेयर’को छायांकनको एउटा सिनका लागि ११ हजार स्थानीय उपस्थित भए । र त्यही क्राउडको बीचमा उनीहरूले चलचित्रका लागि सट लिए ।
‘यसपटक हामीले सोचेभन्दा धेरै राम्रो वातावरण र क्राउडमा काम गरिरहेका छौँ । यो पटक हामीले साँच्चै ठूलो क्राउडमा काम गर्ने अवसर पायौँ ।
करिब एक महिनादेखि सर्लाहीको वाग्मती नगरपालिकामा सिनेमाको छायांकन गरिरहेका दीपेन्द्रले यसअघि पनि विभिन्न समयमा लोभलाग्दो क्राउड सामाजिक सञ्जालमा पोष्ट गरिरहेका हुन्छन् ।
डार्क कमेडी होस् वा यौन मनोविज्ञान अथवा थ्रिलर वा थ्रिडी खनालले ठूलो जोखिम मोलेर बनाएका थिए ,सफल पनि भय। अहिले भने उनले राजनीतिक सिनेमामा आफूलाई प्रमाणित गर्दैछन् । राजनीतिक सिनेमामा खरो उत्रिने यो अवसरलाई उनले पक्कै पनि सदुपयोग गर्नेछन् । छायांकनरत ‘मेयर’ सिनेमा सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित छ । त्यसैले सिनेमा वाग्मतीमै छायांकन भइरहेको छ । केही सिनमात्रै काठमाडौं र सिन्धुलीमा हुने निर्माण पक्षले जनाएको छ ।
सिनेमामा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन् । यसका लागि उनले सिनेमा छायांकनभन्दा अगाडि वाग्मती नगरपालिकामा नै केही समय बसेर मेयर थापाको स्वभाव, आनीबानी, कार्यशैली, व्यक्तित्वको बारेमा अध्ययन गरेका थिए । खगेन्द्रको अपोजिटमा अभिनेत्री वर्षा राउतले अभिनय गरिरहेकी छन् । पटकथा प्रडक्सनको ब्यानरमा बनिरहेको सिनेमामा महेश दवाडीको पटकथा तथा कृष्ण बहादुर थापाको छायांकन रहनेछ ।
सिनेमामा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहनेछ ।
यो सिनेमाबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् ।
‘मेयर’मा केही राम्रो काम गररै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठीन परिस्थिति, घातप्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा केन्द्रित हुने जनाएको छ । सिनेमा ‘मेयर’मा बिटिएस र स्टील फोटोग्राफी केशव पाण्डे र लक्षण पाण्डे र संगीत जे वाइवा र कल्याण सिंहको रहनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १८, सोमबार १९:२१दाईभाईको कथा चलचित्र ‘हामी तीन भाई’ को टिजर सार्वजनिक
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द








