Home खेलकुद नेपालले दियो आयरल्याण्ड ‘ए’ लाई १९९ रनको चुनौतीपूर्ण लक्ष्य

नेपालले दियो आयरल्याण्ड ‘ए’ लाई १९९ रनको चुनौतीपूर्ण लक्ष्य

17
0

नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टिमलाई नेपालले दोस्रो टी २० खेलमा १९९ रनको चुनौती पेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन जोडे । ३२ बलको सामना गरेका गुल्सनले ४ छक्का र १ चौका हिर्काउँदान अर्धशतक बनाउनबाट मात्र ४ रनले चुके ।

त्यस्तै कुशल मल्लले आक्रामक पाली खेल्दै ३४ रन थपे । उनले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन बनाएका थिए । ओपनर कुशल भुर्तेलले २५ रन जोडेको खेलमा आसिफ शेखले ११ रन थपे । कप्तान रोहित पौडेलले ३३ रन थपेको खेलमा विवेक यादवले ७ र सन्दीज जोराले २१ रन जोडे ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleगाजामा तत्काल युद्दविराम गर्न राष्ट्रसंघको आह्वान
Next articleआयरल्याण्डका दुवै ओपनर आउट, सोमपाल र कुशलले लिए विकेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here