Home खेलकुद विश्वकप छनोट : नेपाल दोस्रो खेलमा पनि बहराइनसँग पराजित

विश्वकप छनोट : नेपाल दोस्रो खेलमा पनि बहराइनसँग पराजित

28
0

बहराइनमा भएको फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल घरेलु टोली विरुद्धको दोस्रो खेलमा पनि पराजित भएको छ । बहराइनस्थित राफा राष्ट्रिय रंगशालामा नेपालले दोस्रो खेलमा ३-० को हार बेहोरेको हो ।

पहिलो खेलमा ५-० को हार बेहोरेको नेपालले गएराती भएको खेलमा पनि पराजय भोगेको छ । नेपाल माथि घरेलु टोलीनै हावी भएको थियो । बहराइनले खेलमा सबै गोल पहिलो हाफमा नै गरेको हो ।

नेपाल चार खेलमा अंकविहिन रहँदै समूहको पुछारमा छ । नेपालले युएई विरुद्ध ४-०, यमन विरुद्ध २-० र बहराइन विरुद्ध ५-० को हार बेहोरेको थियो ।

युएई १२ अंक सहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अंक सहित बहराइन दोस्रो र यमन ३ अंक सहित तेस्रो स्थानमा रहेको छ । नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल आगामी जुनमा खेल्नेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleगुल्मीमा एसईई परीक्षा दिने छ सय बढि विद्यार्थी घटे
Next articleइटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here