गुल्मीमा एसईई परीक्षा दिने छ सय बढि विद्यार्थी घटे
गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा (एसईई) परीक्षा दिने विद्यार्थी संख्य घटेको छ । यश वर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षामा जिल्लाबाट ४ हजार ९७ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
अघिल्लो वर्ष ४ हजार ७२२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ६२५ जना विद्यार्थी कम भएका छन् । जिल्लामा विद्यार्थी संख्या घटनुमा बसाइँसराइ र जन्मान्तरका कारण रहेको अनुमान गरिएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताउनुभयो । पछिल्लो तीन वर्षमा विद्यार्थी संख्य केहि मात्रमा घट्दै आएपनि धेरै संख्यामा यशवर्ष घटेको पाइएको छ ।
यहि आउँदो चैत १५ गतेबाट सुरु हुने परीक्षामा जिल्लाबाट नियमित साधारण तर्फ ३ हजार ७ सय ९० जना नियमित प्राविधिकतर्फ २ सय ९५ जना विद्यार्थी सहभागी हुने भएका छन् । ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लामा २८ वटा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ ।
परीक्षाका लागि सबै तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले पत्रकार सम्मेलन गरेर जनाएको छ । परीक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबै केन्द्र प्रश्नपत्र उत्तर पुस्तिका पुगेसकेको छ ।
जिल्लाबाट यसवर्ष दृष्टिबिहीन एक जना, फरक क्षमता भएका एक जना विद्यार्थी सहभागी हुने भएका छन् । विद्यार्थी संख्या कमी भएपछि केही विद्यालयमा रहेका परीक्षा केन्द्रहरु पनि गाभिएका छन् ।
जिल्लाको रुरुक्षेत्रमा रहेको एउटा परीक्षा गाभिएको छ भने रेसुङ्गा नगरमा रहेको एउटा परीक्षा केन्द्र हठाइएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास