गृहलाई सर्वोच्चको प्रश्न, ‘यस्तो हतियार बोक्न इजाजत छैन,कसरी नवीकरण भयो ?

सर्वोच्च अदालतले दुर्गा प्रसाईंले पाएको हतियारको इजाजतको अनुमति कानूनसम्मत नभएको भन्दै छानबिन गर्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलेको संयुक्त इजलासले मंगलवार गृह मन्त्रालयको नाममा आदेश दिएको हो ।
यही चैत ५ गते दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दाको सुनुवाइ भइरहेका बेला उनका बडी गार्ड दीपक खड्का सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका थिए ।
इजलासले बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्दै सर्वोच्चले प्रसाइका बडीगर्ड खड्का र रामकुमार धिताललाई पनि थुनामुक्त आदेश भएको छ ।
‘यस्तो हतियार बोक्न इजाजत छैन । के कसरी नवीकरण भएको हो? नकारात्मक सूचीको हतियार २०७९ पुस ७ मा कसरी नवीकरण भयो ?’, आदेशमा भनिएको छ ।
यस्तो प्रकारको हतियार नकारात्मक सूचीमा रहेको देखिएको अदालतले आदेशमा उल्लेख गरेको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
समाचार२०८३ जेष्ठ ३१, आईतवार ०७:५०विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल








