विश्वकप छनोट : नेपाल दोस्रो खेलमा पनि बहराइनसँग पराजित

बहराइनमा भएको फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल घरेलु टोली विरुद्धको दोस्रो खेलमा पनि पराजित भएको छ । बहराइनस्थित राफा राष्ट्रिय रंगशालामा नेपालले दोस्रो खेलमा ३-० को हार बेहोरेको हो ।
पहिलो खेलमा ५-० को हार बेहोरेको नेपालले गएराती भएको खेलमा पनि पराजय भोगेको छ । नेपाल माथि घरेलु टोलीनै हावी भएको थियो । बहराइनले खेलमा सबै गोल पहिलो हाफमा नै गरेको हो ।
नेपाल चार खेलमा अंकविहिन रहँदै समूहको पुछारमा छ । नेपालले युएई विरुद्ध ४-०, यमन विरुद्ध २-० र बहराइन विरुद्ध ५-० को हार बेहोरेको थियो ।
युएई १२ अंक सहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अंक सहित बहराइन दोस्रो र यमन ३ अंक सहित तेस्रो स्थानमा रहेको छ । नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल आगामी जुनमा खेल्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ८, शुक्रबार १७:३२राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण









