Home कला, विचार/मनोरञ्जन चलचित्र ‘लण्डन टु पेरिस’ को पोस्टरमा रोमान्टिक गरिमा र कवीर

चलचित्र ‘लण्डन टु पेरिस’ को पोस्टरमा रोमान्टिक गरिमा र कवीर

44
0

काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको दोस्रो पोस्टरमा चलचित्रका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्का तथा अभिनेता कवीर खड्का र डेव्यु अभिनेत्री गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छन् ।

चलचित्रको यसअघि सार्वजनिक रोमान्टिक पोस्टरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्का फिचर्ड गरिएको थियो । उक्त पोस्टरलाई सकारात्मक प्रतिक्रिया मिलेपछि निर्माण टिमले दोस्रो पोस्टर सार्वजनिक गरेको हो । चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुनेछ ।

चलचित्रमा साम्राज्ञी, निश्चल, कविर र गरिमाका अलवा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गर्दैछन् । चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सनिश खकुरेल र अजित केआर थापा चलचित्रको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशक फिरोज खड्का रहेको छ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले चलचित्रलाई नेपालभर वितरण गर्नेछन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleचलचित्र ‘इश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने
Next articleसफल ब्यापारका साथ दोस्रो सातामा ‘महाजात्रा’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here