स्पेनिस ला लिगामा बार्सिलोनाको जित

स्पेनिस ला लिगा अन्तर्गत गएराती सम्पन्न खेलमा बार्सिलोनाले लास पलमासलाई १–० गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा राफिन्हाले खेलको ५९औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको २४औं मिनेटमा लास पलमासका अल्भारो भल्लेजले रातो कार्ड पाएपछि लास पलमास १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि बार्सिलोना लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाको ३० खेलमा ६७ अंक रहेको छ । त्यस्तै एक खेल कम खेल्दै शिर्ष स्थानमा रहेको रियल म्याड्रिडको २९ खेलमा ७२ अंक रहेको छ । त्यसैगरी लास पलमासको भने ३० खेलमा ३७ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक








