थर्कमान भए चलचित्र वितरक, ‘डिग्री माइला’ले पायो सोलो रिलिज

थर्कमान भए चलचित्र वितरक, ‘डिग्री माइला’ले पायो सोलो रिलिज

काठमाडौँ। नेपाल ल्याउने भनेर वितरक तथा हलवालाहरुले प्रचार गरिएको अक्षयकुमार र टाइगर श्राफको ‘बडे मियाँ छोटे मियाँ’ अन्ततः नेपाल नआउने पक्का भएको छ। यसको सोझो फाइदा ‘डिग्री माइला’लाई भएको छ।

धेरैपछि नेपाली वक्सअफिसमा यस्तो अवस्था आएको हो। ३ साता अगाडि आएको ‘महाजात्रा’को जारी व्यापार र भोलिबाट रिलिज हुने ‘डिग्री माइला’ले राम्रो हाइप बनाएपछि वितरकहरु हिन्दी सिनेमा ल्याउनबाट पछि हटेका हुन्।

हिजो बुकिङ खुला हुँदा ‘डिग्री माइला’ले देशभर १ सय ५५ शो पाएकोमा यो संख्या ७७ ले बढेर २ सय ३२ पुगेको छ। नेपाली सिनेमालाई हिन्दी सिनेमा ल्याएर पेलिन्छ भन्ने कथन यो शुक्रबार भने लागु हुनसकेन।
वितरक यसरी हच्किनुको पछाडि ‘बडे मियाँ छोटे मियाँ’लाई महँगो रकम तिर्नुपर्ने भएकाले हो।

यो शुक्रबार एक त ‘महाजात्रा’को सुखद कमाइ जारी रहिरहनु र ‘डिग्री माइला’मा रहेको रामबाबु गुरुङ र दयाहाङ राईको सफल जोडीको सिलसिलाले काम गरेको हो। योसँगै नेपाली सिनेमा चलिरहेका बखतमा हिन्दी सिनेमाको व्यापार खस्किने विगतका कारण पनि उनीहरुले सिनेमामा नल्याएका हुन्।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *