लण्डन म्याराथनमा कुशल दीक्षितको सन्तोषजनक प्रदर्शन

काठमाडौं, १० बैशाख । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा नेपालकातर्फबाट भाग लिएका ललितपुर पाटनका कुशल दीक्षितको सन्तोषजनक प्रदर्शन भएको छ । दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन सफल दीक्षितले हिजो सम्पन्न भएको म्याराथन ३ घण्टा ८ मिनेट २२ सेकेण्डमा पूरा गरेका थिए । ४५५२ नम्बर (रनर नम्बर) बोकेर दौडिएका दीक्षितले मास ईभेन्टअन्तर्गत (१८ देखि ३९ उमेर) समूहमा उक्त समयावधिभित्र दौड पूरा गरेका हुन् ।
विश्वको खेलकुद इतिहासमा ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ । लामो दूरीको दौडतर्फ विश्वभर चर्चित सो म्याराथन प्रतियोगितामा ५० हजारभन्दा बढिले भाग लिएका थिए । २० वर्षीया नेपाली धावक कुशलतका हजुरबुवा डा.सुन्दरमणि दीक्षितले लण्डन म्याराथनमा देशको प्रतिनिधित्व गरेर दौडिनु नै देशको लागि गौरवको विषय भएको उल्लेख गरे ।
सुन्दरमणिकाअनुसार कुशल बाल्यकालदेखि नै शारीरिक व्यायम र दौडमा रुचि राख्ने गर्दथे । कुशलले भारतको नयाँ दिल्लीमा स्कुल पढ्नेक्रममा स्थानीय विद्यालयको साथै दिल्ली सरकारद्वारा आयोजित विभिन्न दौड प्रतियोगितामा कैयौँ पुरस्कार तथा मेडल जितेको डा. सुन्दरमणि दीक्षितले जानकारी दिए ।
संयुक्तराज्य अमेरिकाको सिकागोमा स्नातक तहमा अध्ययनरत युवा धावक कुशल म्याराथन प्रतियोगितामा भाग लिनको लागि नै लण्डन पुगेका थिए । अब उनी उतैबाट अमेरिका फर्किने जनाईएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २५, सोमबार ०७:२५म्याग्दीको दरवाङ-मुना-ढोरपाटन सडकखण्डको स्तरोन्नति गर्ने काम सुरु
समाचार२०८२ कार्तिक २४, आईतवार २१:५०धादिङमा सरकारी आयुर्वेद स्वास्थ्य संस्थाहरूको एकदिने समीक्षा गोष्ठी सम्पन्न
समाचार२०८२ कार्तिक २४, आईतवार २०:३२भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २४, आईतवार १८:५३चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.केसीले प्रधानमन्त्री कार्कीलाई बुझाए १० बुँदे ज्ञापनपत्र







