सुदूरपश्चिका मुख्यमन्त्री नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्तको बदर माग गर्दै परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गरेन ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलास प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन नपर्ने बताउँदै मुद्दालाई अग्राधिकार दिएर सक्कल फाइल माग्ने आदेश गरेको छ
अर्को सुनुवाइका लागि वैशाख २३ मा पेशी निर्धारण गरिएको छ ।
यस्तै यता गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासले रिट बुधबारका लागि हेर्दाहेर्दैमा राखेको हो ।
गण्डकीका सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गरेर अधिकारी नियुक्त भएको भन्दै तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्ती बदरको मागसहित सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार २१:०९भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा
समाचार२०८२ चैत्र २१, शनिबार १९:३२एडभान्स एकेडेमीमा प्री-प्राइमरी ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न
समाचार२०८२ चैत्र २१, शनिबार १८:५७युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार ०९:३०कलाकार सागर लम्साल पक्राउ | Celebrity Nepal







